Home Bibles ☰ Books 2 राजा 9:34 · नेपाली बाइबल
2 राजा 9:34 · नेपाली बाइबल

येहू घरभित्र पसे खान पीन र मद्यापान गरे। तब उनले भने, “अब यस श्रापित आइमाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”

Cross references

1 राजा 16:31

आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

1 राजा 18:41

तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।”

1 राजा 21:25

तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।

एस्तर 3:15

समाचार वाहकहरू राजाको आदेश लिएर हतारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो।

हितोपदेश 10:7

एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।

यशैया 65:15

तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ।” परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले डाक्नु हुन्छ।

आमोस 6:4

हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्।

मत्ती 25:41

“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

Interlinear

Choose Theme