2 राजा 9:23 · नेपाली बाइबल
योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”
Cross references
2 राजा 11:14
अतल्याहले खाँबोको छेउमा राजालाई देखिन जहाँ साधारण मानिसहरु उभिने गर्दथे। उनले अगुवाहरू र मानिसहरूलाई पनि देखिन् जो राजाका लागि तुरही फुक्दै थिए। उनले देखिन्, सबै मानिसहरू औधी खुशी थिए। उनले तुरहीको ध्वनि सुनिन् अनि आफूलाई खिन्न बनाउन उनले आफ्नो लुगा च्यातिन्। तब अतल्याह चिच्याइन, “राजद्रोह! राजद्रोह!”
2 इतिहास 23:13
तिनले हेरिन् अनि राजालाई देखिन्। राजा खम्बाको छेउको अघि उभिरहेको थियो। अधिकारीहरू अनि मानिसहरू जो तुरही बजाउँथे, राजाका छेउमा थिए। देशका मानिसहरू खुशीले तुरही बजाउँदै थिए। गायकहरू सङ्गीतका बाजाहरू बजाउँदै थिए। गायकहरूले प्रशंसा गाउनमा मानिसहरूलाई अगुवाइ गरिरहेका थिए। तब अतल्याहले तिनका वस्त्रहरू च्यातिन् अनि भनिन्, “राजद्रोह! राजद्रोह!”