जब तिमी त्यहाँ पुग्छौ, निम्शीका नाती, यहोशापातका छोरा येहूलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माझबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ।
Cross references
तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।
बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।
मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”
जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।”येहूले भने, “हामी सबै यहाँ छौं। हामी मध्ये कसको लागि सन्देश छ?”युवकले भन्यो, “सेनापति, संन्देश तपाईका लागि हो।”
येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो यहाँ छ बौलाह मानिस सँधै केही कुराहरूको विषयमा हतारिन्छ?”
यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए।त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।
रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”