यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?”‘येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”
Cross references
तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।”‘येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”
योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”
तर परमप्रभुले फेरि भन्नुभयो, “त्यहाँ दुष्ट मानिसहरूकालागि शान्ति छैन।”
ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।
यसर्थ परमप्रभु भन्नुहुन्छ “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशिर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।
तिनीहरू शान्तिको बाटो जान्दैनन्।”