Home Bibles 2 राजा 8:29 · नेपाली बाइबल
2 राजा 8:29 · नेपाली बाइबल

योराम यिज्रेलको इलाकामा गए। योरामका छोरा अहज्याह यहूदाका राजा थिए। अहज्याह योरामसँग भेट गर्न यिज्रेल गए।

Cross references

यहोशू 19:18

त्यस कुल समूहलाई प्रदान गरिएको भूमि यो होः यिज्रल, कसुल्लोत, शूनेम,

1 राजा 22:34

तर एक जना सैनिकले हावामा वाण हान्यो-उसको वाणले इस्राएलका राजामाथि प्रहारभयो। वाणले राजालाई सानो ठाउँमा लाग्यो जहाँ उसको कवचले छोपेको थिएन। यसकारण इस्राएलका राजाले उसको रथ सारथीलाई भने, “एउटा वाणले मलाई चोट पार्यो। रथलाई यस क्षेत्रबाट बाहिर हाँक। हामीले लडाईं मैदानबाट टाढा जानु पर्छ।”

2 राजा 8:28

योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए। राजा योराम इस्राएलमा फर्किए यसकारण तिनी चोटबाट निको हुन सकोस्।

2 राजा 9:14

यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए।त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।

2 राजा 9:15

राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाइँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए।यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंडन नदिनु।”

2 इतिहास 22:5

अहज्याहले आहाबका परिवारले तिनलाई दिएका सल्लाह अनुसरण गरे। अहज्याह राजा योराम साथ रामोत गिलाद शहर तर्फ अरामका राजा हजाएलको विरूद्ध युद्ध गर्न गए। योरामका पिताको नाउँ आहाब थियो जो इस्राएलका राजा थिए। तर अरामीहरूले योरामलाई युद्धमा घाइते तुल्याए।

Interlinear

Choose Theme