Home Bibles ☰ Books 2 राजा 7:13 · नेपाली बाइबल
2 राजा 7:13 · नेपाली बाइबल

राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडै नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउँन ती मानिसहरूलाई पठाऔ।”

Cross references

2 राजा 5:13

तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।”‘

2 राजा 6:33

जब एलीशा आफ्ना ठुला-बडा सित कुरा गरिरहेका थिए, दूत उनीसमक्ष आयो। यस्तो सन्देश थियोः “यो सङ्कट परमप्रभुबाट आएको हो! म किन परमप्रभुलाई धेरै बेरसम्म पर्खिनु?”

2 राजा 7:4

सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।”

यर्मिया 14:18

यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘

विलाप 4:9

जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।

Interlinear

Choose Theme