Home Bibles 2 राजा 5:18 · नेपाली बाइबल
2 राजा 5:18 · नेपाली बाइबल

अनि म अहिले प्रार्थना गर्छु, परमप्रभुले यसको लागि मलाई क्षमादान गर्नुहुने छ अगममा मेरा मालिक अरामका राजा असत्य देवताको पुजा गर्नका लागि रिम्मोनको मन्दिरमा जाने छन्। यसकारण मैले रिम्मोनको मन्दिरमा निहुरिनु पर्छ। म अहिले परमप्रभुलाई क्षमा गर्न बिन्ती गर्छु यदि त्यस्तो हुन्छ।”

Cross references

प्रस्थान 20:5

कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।

यहोशू 23:7

हाम्रो माझ अझ पनि केही मानिसहरू बसेकाछन् जो इस्राएलका मानिस होइनन्। ती मानिसहरूले तिनीहरूका आफ्नै देवताहरूको पूजा गर्छन्। तिनीहरूको देवताहरूको सेवा अथवा तिमीहरूले पूजा नगर।

1 राजा 19:18

म सित अझैं पनि इस्राएलमा 7,000 मानिसहरू छन् जसले अझैसम्म बालको अघाडी निहुरिएको छैनन् अथवा बालको मूर्तिलाई चुम्ब गरेको छैनन्।”

2 राजा 7:2

तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।”एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”

2 राजा 7:17

राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए।

2 राजा 17:35

परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन।

2 इतिहास 30:18

एप्रैम, मनश्शे, इस्साकार अनि जबूलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे।

यर्मिया 50:20

परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”

Interlinear

Choose Theme