Home Bibles 2 राजा 4:41 · नेपाली बाइबल
2 राजा 4:41 · नेपाली बाइबल

तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सिरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सिरूवामा कुनै विष थिएन।

Cross references

प्रस्थान 15:25

मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।

2 राजा 2:21

तब एलीशा त्यस ठाउँमा गए जहाँ भुइँबाट पानी बगिरहेको थियो। एलीशाले पानीमा नून हाले। उनले भने, “परमप्रभुले भन्नुभएको छ, ‘म यस पानीलाई शुद्ध बनाइरहेको छु। अब देखि यस पानीले कसैलाई मार्ने छैन अथवा जमीनलाई अन्न फल्ने बनाउँनेछ।”‘

2 राजा 5:10

एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”

2 राजा 6:6

परमेश्वरको जन एलीशाले भने, “त्यो कहाँ झर्यो?” मानिसले ठाउँ देखायो जहाँ बञ्चरो झरेको थियो। तब एलीशाले एउटा लौरो काटे अनि पानीमा लौरो फ्याँके। लौरोले गर्दा फलामको बञ्चरो तैरिन थाल्यो।

यूहन्ना 9:6

यसो भनिसकेर, येशूले भूँइमा थुक्नु भयो र त्यसबाट केही माटोको हिलो बानाउनु भयो अनि येशूले त्यसलाई त्यस मानिसको आँखामा दलिदिनुभयो भयो।

प्रेरित 28:5

तर पावलले हात झडकाले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

1 कोरिन्थी 1:25

किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।

Interlinear

Choose Theme