Home Bibles ☰ Books 2 राजा 4:31 · नेपाली बाइबल
2 राजा 4:31 · नेपाली बाइबल

गेहजी एलीशा र शुनैमेली आइमाई भन्दा पहिले शुनैमेलीको घरमा पुग्यो। गेहजीले नानीको अनुहारमाथि लौरो राखिदियो। तर नानीले केही बोलेन न त कुनै संकेत गरे कि उसले कुनै कुरो सुनेको थियो। तब गेहजी एलीशालाई भेट्न फर्किगयो। गेहजीले एलीशालाई भन्यो, “नानी बिउँझेको छैन।”

Cross references

1 शमूएल 14:37

यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।

1 शमूएल 28:6

शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।

1 राजा 18:26

यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ!“ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।

1 राजा 18:29

मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।

अय्यूब 14:12

जब कुनै मानिस मर्छ, उ तल ढल्छ अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। होइन। मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन।

इजकिएल 14:3

“हे मानिसको छोरो! यी मानिसहरू तिमीसित बात गर्न आएकाछन्। तिनीहरू चाहन्छन् तिमीले मसँग सल्लाह लेउन्। तर ती मानिसहरूले आज सम्म आफ्ना घिनलाग्दो मूर्तिहरू राखेकै छन्। तिनीहरू ती चीजहरू राख्छन् जसले तिनीहरूलाई पाप गराउँछन्। तिनीहरू आज सम्म त्यही मूर्ति पूजा गरिरहेकाछन्। यसकारण, तिनीहरू मकहाँ सल्लाह लिन किन आउँछन्? के मैले उनीहरूको प्रश्नहरूको उत्तर दिनुपर्छ? अहँ!

दानियल 12:2

अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।

मत्ती 17:16

मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”

मर्कूस 5:39

येसू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। उ सुती रहेकी छे।”

मर्कूस 9:19

येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”

यूहन्ना 11:11

येशूले ती कुराहरू भनिसके पछि, उहाँले भन्नुभयो, “हाम्रा मित्र लाजरस सुतिरहेछन्। तर म त्यहाँ उसलाई उठाँउन जानेछु।”

यूहन्ना 11:43

येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”

प्रेरित 19:13

कतिपय यहूदीहरू ठाउँ ठाउँ डुल्दै दुष्ट आत्माहरू मानिसहरूबाट दुष्ट आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे,

एफिसी 5:14

अनि ज्योति नै हो जसले हरेक कुरो प्रत्यक्ष पार्छ। त्यसैले हामी भन्छौः“जाग, हे निदाएकाहरू हो! मृत्युबाट उठ अनि तिमीहरूमाथि ख्रीष्ट चम्कुनु हुनेछ।”

Interlinear

Choose Theme