तब आइमाई गर्भवती भई। एलीशाले भने जस्तै अर्को बसन्तमा आइमाईर्ले छोरा जन्माई।
Cross references
परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।
भोलिपल्ट बिहानै एल्कानाका परिवारका सदस्यहरू उठे अनि परमप्रभुको आराधना गरे र आफ्नो घर रामामा फर्के।एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। परमप्रभुले पछि हन्नालाई सम्झनु भयो।
एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!
केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्,
यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइए पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्।
अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझो थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे।