Home Bibles 2 राजा 21:7 · नेपाली बाइबल
2 राजा 21:7 · नेपाली बाइबल

मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद द दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु।

Cross references

व्यवस्था 16:21

“जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन।

2 शमूएल 7:13

उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।

1 राजा 8:29

विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।

1 राजा 8:44

“कहिले-कहिले तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्।

1 राजा 9:3

परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सँधै विचार राख्ने छु।

1 राजा 9:7

तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

2 राजा 16:11

तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।

2 राजा 21:4

मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”

2 राजा 23:6

योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।

2 राजा 23:27

परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”

2 इतिहास 6:6

तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

2 इतिहास 7:12

तब परमप्रभु राती सुलेमान कहाँ आउनु भयो। परमप्रभुले तिनलाई भन्नुभयो, “सुलेमान, मैले तेरो प्रार्थना सुनेको छु, अनि मैले यो स्थानलाई आफ्नै निम्ति बलि-गृहको रूपमा चुनेकोछु।

2 इतिहास 7:16

मैले यो मन्दिर चुनेकोछु मैले यसलाई पवित्र तुल्याएको छु जस द्वारा मेरो नाउँ सदा-सर्वदा यहाँ रहिरहनेछ। हो, मेरा आँखा अनि हृदय सदैव यहाँ यो मन्दिरमा रहनेछ।

2 इतिहास 7:20

तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।

2 इतिहास 33:7

मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।

2 इतिहास 33:15

मनश्शेले ती विचित्र मूर्तिदेवताहरू हटाए। तिनले परमप्रभुको मन्दिरबाट मूर्ति निकाले। तिनले मन्दिर डाँडामा अनि यरूशलेममा तिनले निर्माण गरेका सबै वेदीहरू हटाए। मनश्शेले ती सबै वेदीहरू यरूशलेम शहर बाहिर निकाले।

नहेम्याह 1:9

तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।”

भजनसंग्रह 74:2

तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्। तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ। जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।

भजनसंग्रह 78:58

इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।

भजनसंग्रह 78:68

अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।

भजनसंग्रह 132:13

परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।

यर्मिया 7:30

त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।

यर्मिया 32:34

ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।

Interlinear

Choose Theme