Home Bibles 2 राजा 21:20 · नेपाली बाइबल
2 राजा 21:20 · नेपाली बाइबल

आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो।

Cross references

गन्ती 32:14

हे पापिष्टका सन्तानहरू हो। तिमीहरू इस्राएली मानिसहरूमाथि परमप्रभुको क्रोध पार्न तिमीहरूले आफ्ना पुर्खाहरूको जग्गा ओगटेका छौ।

2 राजा 21:2

मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोडनु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।

2 राजा 21:11

“यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।

2 राजा 23:32

यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।

2 राजा 23:37

यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।

2 राजा 24:9

यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।

2 राजा 24:19

सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए।

2 इतिहास 33:22

आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।

मत्ती 23:32

यसकारण जाऊ अनि आफ्ना पुर्खाहरूले शुरू गरेका पापकर्म पुरा गर।

प्रेरित 7:51

तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।

Interlinear

Choose Theme