यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै संकट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ।
Cross references
परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्।
‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि संकट ल्याउँदैछु। यी संकटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे।
यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे।
ती कुराहरूले गर्दा परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “म चट्टान राखिदिनेछु। एउटा मूलढुङ्गा-सियोनको भूईंमा। यो एकदमै बहुमूल्य ढुङ्गा हुनेछ। प्रत्येक कुरा यस महत्वपूर्ण ढुङ्गामाथि बनाइनेछ। जसले त्यो ढुङ्गामा भरोसा राख्दछ उ निराश हुनेछैन।
अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ।
“हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।
“विभिन्न धेरै परिवारकामानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, मतिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।”
हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ।सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।
तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर!
तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।