Home Bibles ☰ Books 2 राजा 20:9 · नेपाली बाइबल
2 राजा 20:9 · नेपाली बाइबल

यशैयाहले भने, “तिमी के चाहन्छौ? के छायाँ अगाडी दश पाइला अथवा पछाडी दश पाइला जाओस्? परमप्रभुबाट तिम्रो लागि संकेत यही हो जसले यो बताउँछ परमप्रभुले त्यो काम गर्नुहुनेछ जो उहाँले गर्छु भन्नुभएको थियो।”

Cross references

यहोशू 10:12

त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः“हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”

1 शमूएल 14:10

तर यदि पलिश्तीहरूले हामीहरूलाई ‘अगाडि बढ’ भने, हामी तिनीहरू भएसम्म चढछौं। किनभने यो परमेश्वरको चिन्ह हो यो चिन्हको अर्थ हुनेछ परमप्रभुले तिनीहरूलाई हराउनु हुनेछ।”

2 राजा 19:29

“यो नै चिन्ह हुनेछ, जसले साबित गर्छ म तिमीलाई सहायता गर्नेछु। यस वर्ष तिमी यस्तो अन्न खाने छौ जुन आफै उम्रिनेछ। अर्को वर्ष, तिमी यस्तो अन्न खानेछौ जुन बीउबाट प्राकृतिक रूपमा बाहिर निस्केको हुनेछ। तर तेस्रो वर्षमा तिमीले आफैले रोपेको बीउबाट फलेको अन्न चलाउनेछौ। तिमीले दाखको बारी लगाउने छौ र त्यसबाट दाख खानेछौ।

यशैया 38:7

यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ।

मत्ती 16:1

फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।

मर्कूस 8:11

फरिसीहरू यशूकहाँ आए अनि उहाँलाई केही प्रश्नहरू सोधे। तिनीरूहरूले येशूको जाँच लिन चाहन्थे। तिनीहरूले येशू परमेश्वबाट आउनु भएको हो भनी प्रमाणको निम्ति उहाँ लाई चमत्कार गर्नुभने।

लूका 11:29

मानिसहरूको भीड बिस्तार बढदै गयो। येशूले भन्नुभयो, “यस युगमा रहेका मानिसहरू दुष्ट छन्। तिनीहरू चिन्हको रूपमा परमेश्वरबाट चमत्कार चाहन्छन। तर कुनै चिन्ह तिनीहरूलाई दिइने छैन। केवल योनामा भएको चमत्कार मात्र चिन्ह हुनेछ।”

Interlinear

Choose Theme