Home Bibles ☰ Books 2 राजा 2:8 · नेपाली बाइबल
2 राजा 2:8 · नेपाली बाइबल

एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्‌याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।

Cross references

प्रस्थान 14:21

मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।

प्रस्थान 14:22

इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।

प्रस्थान 14:29

समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूखा जमीनमा हिंडेर पारि गए।

यहोशू 3:14

पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे।

1 शमूएल 28:14

शाऊलले सोधे, “को जस्तो देखिन्छ?”स्त्रीले जवाफ दिइ, “खास किसिमको लबेदा ओढेको एउटा वृद्ध मानिस जस्तो देखिन्छ।”त्यसपछि शाऊलले थाहा पाए शमूएल नै हो भनेर। शाऊलले भूइँतिर शिर झुकाए उसलाई अभिवादन गरे।

1 राजा 19:13

जब एलियाले आवाज सुने उनले उसको अनुहार उसको खास्टोले छोपे। तब उनी गए अनि ओढारको मुखमा उभिए। तब ध्वनिले उनलाई भन्यो, “एलिया, तिमी किन यहाँ छौ?”

1 राजा 19:19

यसकारण एलियाले त्यो ठाउँ छोेडे अनि शापातका छोरा, एलीशालाई खोज्न गए। एलीशाले हलो जोतिरहेका थिए। त्यहाँ तिनको अघि बाह्रा जोडी गोरूहरू थिए अनि बाह्रौं जोडी चाँहि तिनीसित थियो। एलिया एलीशा सामु गए। एलियाले आफ्नो खास्टो एलीशालाई दिए।

2 राजा 2:14

एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।

भजनसंग्रह 114:5

लाल समुद्र, तिमी किन भागेर गयौं? यर्दन नदी, तिमी किन फर्केर भागी गयौ?

यशैया 11:15

परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।

हिब्रू 11:29

अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूखा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

प्रकाश 16:12

छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरुको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो।

Interlinear

Choose Theme