अगमवक्ताहरूको दलले एलीशालाई तिनी अलमल्ल पारूञ्जेलसम्म बिन्ती गरिरहे। तब एलीशाले भने, “ठीक छ, एलियालाई खोज्न मानिसहरू पठाऊ।” अगमवक्ताहरूको दलले 50 जना मानिसहरूलाई एलियालाई खोज्न पठाए। तिनीहरूले तीन दिन खोजे तर तिनीहरूले एलियालाई भेटेनन्।
Cross references
तर सादोकका छोरा अहीमासले योआबलाई बिन्ती गरे, “जसरी हुन्छ, दयागरी त्यस कूशीसित समाचार पुर्याउन मलाई पनि पठाउनुहोस्।”योआबले भने, “यो खबर तँ किन लान्छस्? यो समाचारहरू दिदा तैंले कुनै पुरस्कार पाउने छैनस्।”
एलीशा एकटक हेर्न थाले। उनले हजाएललाई एकटक तबसम्म हेरिरहे जबसम्म हजाएललाई असजिलो लाग्दैन। तब परमेश्वरको जन चिच्याउन थाले।
म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।
यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।
हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँचोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।