यहूदाका परिवारबाट छुट्टिएका अनि छोडिएका मानिसहरू फेरी मौलाउन शुरू गर्नेछन्।
Cross references
सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘
यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।
तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो। तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो। चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।
त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।
त्यस समयमा याकूब राम्रो जरा भएको बलियो रूख जस्तो हुनेछ। तब मिश्र बढन र फूल्न लागेको बोट जस्तै हुनेछ। त्यसपछि यो धर्ती इस्राएलका नानीहरूले फलहरूले बोट भरिएको जस्तै हुनेछ।”
“यहूदाका कुलबाट आएका सन्तानहरू जो भागेको थिए र जीउँदै छाडिएका थिए ती बढन थाल्नेछन्। ती मानिसहरू पालुवाहरू जस्ता हुन जसले आफ्ना जराहरू गहिरो प्रकारले भूईंमा गाडिएका छन् र भूईंमाथि फल फलाउँदछन्।