हे परमप्रभु, कृपया मेरो कुरा सुनिदिनु होस्। परमप्रभु, मेरो आँखा खोलि दिनु होस् अनि यो पत्र हेर्नु होस् र शब्दहरू सन्नुहोस जो सनहेरीबले जीवित परमेश्वरको अपमान गर्नका लागि पठाएका छन्।
Cross references
विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।
सेनापतिका मालिक अश्शूरा राजाले उनलाई जिवित परमप्रभुको विषयमा नराम्रा कुराहरू भन्न पठाएका छन्। हुन सक्छ, परमेश्वरले ती सबै कुराहरू सुन्नु हुन्छ। परमप्रभुले शत्रुलाई सजाय दिनुहुनेछ यसकारण ती मानिसहरूका लागि प्रार्थना गरि दिनुहोस् जो अझै जिउँदै रहेका छन्।”‘
अब, मेरा परमेश्वर, म तपाईंसँग याचना गर्छु, तपाईंको आँखा अनि तपाईंको कान खोली दिनुहोस्। हामीले यस स्थानमा गरेका प्रार्थनाहरू सुनिदिनुहोस् अनि त्यस प्रति ध्यान दिनुहोस्।
हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्। तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।
सेनापतिको मालिक, अश्शूरका राजाले उसलाई जीवित परमेश्वरको बारेमा अनिष्ट कुराहरू भन्नलाई पठाए। हुन सक्छ परमप्रभु तपाईंका परमेश्वरले ती कुराहरू सुन्नु भएकोछ। शायद परमप्रभुले शत्रुको गल्ती छ भनेर प्रमाण गर्नु हुनेछ। यसकारण छाडिएका ती मानिसहरूका लागि प्रार्थना गर जो अझ जीवित छन्।”
हे परमप्रभु, दया गरेर मेरो कुरा ध्यान दिएर सुन्नु होस्। परमप्रभु, आफ्ना आखाँहरू खोल्नु होस् यस सन्देशमा हेर्नुहोस। हे जीवित परमेश्वर! सनहेरीबबाट तपाईंलाई निन्दा गर्न पठाएका शब्दहरू सुन्नुहोस्।
मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं।
मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दुख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार र्पखिरहेथे।