Home Bibles 2 राजा 18:27 · नेपाली बाइबल
2 राजा 18:27 · नेपाली बाइबल

तर सेनापतिले तिनीहरूलाई भने, “मेरो मालिकले मलाई तिमी र तिम्रा राजासँग बोल्न मात्र पठाउनुभएको छैन। म अरू मानिसहरूसँग पनि कुरा गर्नेछु जो पर्खालमा बसिरहेका छन्। तिनीहरूले तिनीहरूको मल-मूत्र तिमीहरूसँगै नै खाने अनि पिउने छन्।”

Cross references

व्यवस्था 28:53

“तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

2 राजा 6:25

सैनिकहरूले मानिसहरूलाई शहरभित्र खाद्य ल्याउन दिएनन्। त्यसकारण सामरियामा डरलाग्दो अनिकाल भयो। सामरियामा यस्तो अनिकाल भयो कि एउटा गधाको टाउको चाँदीको अस्सी शेकेलमा बिक्री भयो। एक मुठ्ठी सिमीलाई चाँदीको पाँच शेकेलमा बिक्री भयो।

भजनसंग्रह 73:8

तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।

विलाप 4:4

दूध खाने शिशुको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। नानीहरूले रोटी मागिरहेका छन्, तर तिनीहरूलाई कसैले पनि दिइरहेका छैनन्।

विलाप 4:5

ती मानिसहरू जो स्वादिष्ट खाना खान्थे, गल्लीमा भोकले मरिरहेकाछन्। ती मानिसहरू जो राता लुगाहरू पहिरिएर हुर्के तिनीहरूले घुरान-पेटीबाट मैलाहरू टिप्दैछन्।

इजकिएल 4:13

तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”

इजकिएल 4:15

तब परमेश्वरले मलाई भन्नुभयो, “ठीक छ! म तिमीलाई रोटी पकाउनुको निम्ति गाईको गोबर प्रयोग गर्न दिनेछु। तिमीले मानिसहरूको सुकेको दिसाको प्रयोग गर्न आवश्यक छैन।”

Interlinear

Choose Theme