Home Bibles 2 राजा 15:14 · नेपाली बाइबल
2 राजा 15:14 · नेपाली बाइबल

गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।

Cross references

1 राजा 14:17

यारोबामकी पत्नी तिर्साको शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो।

1 राजा 15:21

बाशाले यी आक्रामणको बारेमा सुने। यसकारण उनले रामालाई सुदृढ बनाउन छोडिदिए। उनले त्यो शहर त्याग गरे अनि तिर्सातिर फर्किए।

1 राजा 15:33

आसाले यहूदामा शासन गरेको तेस्रो वर्षमा अहियाहका छोरा बाशा इस्राएलका राजा भए। बाशाले तिर्सामा 24 वर्ष शासन गरे।

1 राजा 16:8

आसा यहूदाका राजा भएको समय छब्बीसौ वर्षमा एला राजा भए। एला बाशाका छोरा थिए। उनले तिर्सामा दुइ वर्ष शासन गरे।

1 राजा 16:15

आसा यहूदाका राजा भएको सत्ताइसौं वर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए।

1 राजा 16:17

यसकारण ओम्री र सबै इस्राएलीहरूले गिब्बतोन छोेडे अनि तिर्सामाथि आक्रामण गरे।

2 राजा 15:10

याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्‌यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।

2 राजा 15:17

गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।

Interlinear

Choose Theme