Home Bibles ☰ Books 2 राजा 13:21 · नेपाली बाइबल
2 राजा 13:21 · नेपाली बाइबल

केही इस्राएलीहरू एक जना मरेको मानिसलाई गाड्दै थिए अनि तिनीहरूले सैनिकहरूको त्यस दललाई देखे। इस्राएलीहरूले हतार-हतार एलीशाको चिहानमा लाश फ्याँके अनि भागे। तर मरेको मानिस एलीशाको हड्डी छुने बित्तिकै जिउँदो भयो र आफ्नो खुट्टामा उभियो।

Cross references

2 राजा 4:35

त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।

यशैया 26:19

तर परमप्रभु भन्नुहुन्छ “तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्, तर तिनीहरू फेरि बाँच्नेछन्। मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्। मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्! शीतले तपाईंलाई यस प्रकार छोप्नेछ जसरी नयाँ विहानको शीतमा प्रकाशका चमक हुन्छ। नयाँ समय आएको संकेत दिन्छ जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”

इजकिएल 37:1

परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो।

मत्ती 27:52

चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।

यूहन्ना 5:25

म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्।

यूहन्ना 5:28

यसमा अचम्ब नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।

यूहन्ना 11:44

मृत मान्छे बाहिर निस्क्यो। उसका हात र खुट्टाहरू मलमलका लुगाका टुक्राहरूले बेह्रिएका थिए। उसको अनुहार रूमालले ढाकिएको थियो।येशूले मानिसहरूलाई भन्नुभयो, “उसको लुगाहरू कात्रो खोलिदेउ र उसलाई जान देऊ।”

प्रेरित 5:15

यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रुस आइरहेकाछन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे। किनभने तिनीहरूले सोचे यदि पत्रुसको छाया सम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ।

प्रेरित 19:12

पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।

प्रकाश 11:11

तर साँढे तीन दिनपछि परमेश्वरले ती दुई अगमवक्ताहरुमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरु आफ्ना खुट्टामा उभिए। सबै मानिसहरु जसले तिनीहरुलाई देखे खुबै डराए।

Interlinear

Choose Theme