Home Bibles 2 राजा 13:18 · नेपाली बाइबल
2 राजा 13:18 · नेपाली बाइबल

एलीशाले भने, “वाणहरू लेऊ।” योआशले वाणहरू लिए। तब एलीशाले इस्राएलका राजालाई भने, “भूमिमा प्रहार गर।”योआश भूमिमा तीन पटक प्रहार गरे। त्यसपछि उनले बन्द गरे।

Cross references

प्रस्थान 17:11

केही समयमा जब मोशाले आफ्नो हात हावामामाथि उठाउँथे इस्राएलीहरूले युद्धमा जित्थे तर जब मोशा आफ्नो हात तल झार्थे अमालेकीहरूले जित्नु शुरू गर्थे।

2 राजा 4:6

उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।”तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो।

यशैया 20:2

त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।

इजकिएल 4:1

“हे मानिसको छोरो! एउटा ईटाँका पाटा लिएर। त्यसमा एउटा नक्सा बनाऊ। एउटा शहरको अर्थात यरूशलेमको एउटा नक्सा बनाऊ।

इजकिएल 5:1

“हे मानिसको छोरो! तिमीले आफ्नो उपवासको समयपछि यो काम गर्नुपर्छ। तिमीले एउटा धारिलो तरवार लिनु पर्छ। त्यो तरवारको प्रयोग हजामको छुरा जस्तै गर। तिमीले आफ्नो कपाल र दाह्री त्यसले काट। कपाललाई तराजुमा राखेर तौल। आफ्नो कपाललाई तीन बराबर भागमा बाँड। आफ्नो कपालको तिहाईं भाग त्यस ईंटामाथि राख जसमा तिमीले शहरको चित्र बनाएका छौ। त्यो ‘शहरमा’ राखेको कपाल जलाऊ।

इजकिएल 12:1

त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,

Interlinear

Choose Theme