Home Bibles 2 राजा 11:15 · नेपाली बाइबल
2 राजा 11:15 · नेपाली बाइबल

यहोयादा पूजाहारीले सेनापतिहरूलाई आदेश दिए, तिनीहरू सैनिकका अधिकारी हुन। यहोयादाले उनीहरूलाई भने, “अतल्याहलाई मन्दिरको इलाकाबाट बाहिर लैजाउ। उनका सबै अनुयाईहरूलाई मार। तर परमप्रभुको मन्दिरभित्र तिनीहरूलाई नमार।”

Cross references

प्रस्थान 21:14

तर यदि कसैले कसैलाई घृणा गरी अथवा रीसमा योजना गरी मार्छ भने त्यो हत्याराले दण्ड भोग्नै पर्छ। त्यसलाई मेरो वेदी देखि टाढा लैजाऊ र मार।

2 राजा 11:4

सातौं वर्षमा प्रमुख पूजाहारी यहोयादाले खबर पठाए र करीतो र रक्षकहरूका सेनापतिहरू आए। यहोयादाले तिनीहरूलाई परमप्रभुको मन्दिरमा ल्याए। तब यहोयादाले तिनीहरूसँग एउटा सम्झौता गरे। मन्दिरमा यहोयादाले तिनीहरूलाई शपथ खान वाध्य गराए। तब उनले तिनीहरूलाई राजाको छोरा (योआश) देखाए।

2 राजा 11:9

सेनापतिले सबै आदेशको पालन गरे जो येहोयादा पूजाहारीले आदेश गरेका थिए। प्रत्येक सेनापतिले आफ्ना मानिसहरू लिए। तिनीहरू सबै आए, जो त्यस हप्ता काममा थियो वा काममा थिएन। सबै मानिसहरू पूजाहारी योहोयदा कहाँ गए।

2 इतिहास 23:9

पूजाहारी यहोयादाले भाला र ठूला साना दुवै ढालहरू अधिकारीहरूलाई दिए ती राजा दाऊदका थिए। ती हतियारहरू परमेश्वरको मन्दिरमा राखिएका थिए।

2 इतिहास 23:14

पूजाहारी यहोयादाले सेना नायकहरूलाई बाहिर ल्याए। तिनले तिनीहरूलाई भने, “अतल्याहलाई बाहिर सेनाको माझ लैजाऊ। तिनलाई जोकोहिले पछ्याउँछ त्यसलाई मार्न तिमीहरूको तरवार प्रयोग गर।” तब पूजाहारीले सैनिकहरूलाई चेतावनी दिए, “अतल्याहलाई परमप्रभुको मन्दिरमा नमार्नु।”

इजकिएल 9:7

परमेश्वरले उसलाई भन्नुभयो, “यो मन्दिरलाई अपवित्र बनाइदेऊ। यो चोकहरू लाशले भरिदेऊ!” यसकारण तिनीहरू गए अनि तिनीहरूले शहरमा मानिसहरू मार्न थाले।

इजकिएल 21:14

परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन,“तरवार दुइ पल्ट आवोस्, तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ!

Interlinear

Choose Theme