जब शहरका अगुवाहरूले पत्र पाए, तिनीहरूले राजाका छोराहरू जम्मा गरे अनि सबै सत्तरी जना को हत्या गरे। तब अगुवाहरूले राजाका छोराहरूका टाउका डालाहरूमा हाले। तिनीहरूले डालाहरू यिज्रेलमा येहूकहाँ पठाए।
Cross references
अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।
आहाबलाई भन, म परमप्रभु उसलाई भन्छु, ‘आहाब! तिमीले’ नाबोत नाउँ भएको मानिसलाई मार्यौ। अहिले तिमी उसको भूमि लिइरहेका छौ। यसकारण म तिमीलाई भन्दैछु! त्यही ठाउँमा तिमी पनि मर्ने छौ जहाँ नाबोत मरे। त्यही ठाउँमा कुकुरहरूले जसरी नाबोतको रगत चाटेका थिए, त्यसरी नै तिम्रो रगत पनि चाट्ने छन्।”‘
यसकारण परमप्रभुले तिमीलाई भन्नुभएको छ, ‘म तिमीलाई नष्ट पार्ने छु। म तिम्रो परिवारको पुरूष सदस्य सबैलाई नष्ट गर्ने छु, चाहे तिनीहरू तपाईंका आफान्ताहरू हुन अथवा तपाईंका दासहरू।
येहू बिहानै बाहिर निस्के अनि मानिसहरूको सामु उभिए। उनले मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ। हेर, मेरो मालिकको विरोधमा योजनाहरू मैले बनाएँ। मैले उसलाई मारें। तर आहाबका यी सबै छोराहरूलाई कसले मार्यो? तिमीहरूले मार्यौ।
अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।
योरामले आफ्ना पिताका राज्य लिए अनि स्वयंम्लाई शक्तिशाली तुल्याए। त्यसपछि तिनले आफ्ना सबै भाइहरूलाई मार्न भनी तरवारको प्रयोग गरे। तिनले इस्राएलका केही प्रमुखहरूलाई पनि मारे।
के चाहिँ माग्नु पर्ने हो हेरोदियसले आफ्नी छोरीलाई सोधी। यसर्थ उसले हेरोदसंग माँगी, “कृपया बप्तिस्मा दिने यूहन्नाको टाउको मलाई एउटा थालमा दिनुहोस्।”