तब येहूले आफ्ना मानिसहरूलाई भने, “यिनीहरूलाई जिउँदै पक्रौं।”येहूका मानिसहरूले अहज्याहका आफन्तहरूलाई जिउँदै पक्रिए। 42 जना मानिसहरू थिए। येहूले तिनीहरूलाई बेत-एकद छेऊ कुपमा मारे। येहूले कुनै पनि मानिसलाई जिउँदो छोडेनन्।
Cross references
यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”
तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ।
तब येहूले अगुवाहरूलाई एउटा पत्र लेखे। येहूले भने, “यदि तिमीहरूले मलाई सहायता गर्छौ र मेरो हुकुम मान्ने छौ भने तब आहाबका छोराहरूका टाउका छिनाऊ। अनि भोलि यसै समयमा तिनीहरूलाई यिज्रेलमा ल्याऊ।”आहाबका सत्तरी जना छोराहरू थिए। तिनीहरू शहरका अगुवाहरूसँग थिए जसले तिनीहरूलाई हुकाउने गर्दथे।
तिमीहरूलाई थाह हुनु पर्छ परमप्रभुले भनेको प्रत्येक कुरो पूरा हुन्छ। अनि परमप्रभुले आहाबको परिवारको विषयमा यी कुरा भन्नका लागि एलियालाई प्रयोग गरे। अहिले परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले गर्छु भन्नुभएको थियो।”
अतल्याह अहज्याहकी आमा थिइन। उनले देखिन, उनको छोरा मर्यो। तब उनी उठिन अनि सबै राजाको परिवारलाई मारिन्।
येहूले आहाबका परिवारलाई दण्ड दिइरहेका थिए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरू, जो अहज्याहका सेवा गर्दै थिए तिनीहरूलाई भेट्टाए। येहूले यहूदाका प्रमुखहरू अनि अहज्याहका आफन्तहरूलाई मारिदिए।
अतल्याह अहज्याहको आमा थिइन्। जब तिनले आफ्ना छोराको मृत्यु भएको देखिन् तब तिनले यहूदामा राजाका सबै छोरा-छोरीहरूलाई मारिदिइन्।