परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।
Cross references
यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।”
एलियाले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”
तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही स्वर्गदूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। सकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ?
हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।
परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”
यर्मिया तिमी चाहिँ, तैयार हौ उठ र मानिसहरूलाई भन। मैले दिएको प्रत्येक आदेश तिनीहरूलाई भन। मानिसहरूसित नडाराऊ नत्र म तिमीलाई भयभीत पार्नेछु।
म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
“हे मानिसको छोरो! तिनीहरू सँगनडराऊ। तिनीहरू जे भन्छन् त्यसको निम्ति नडराऊ। यो साँचो हो तिनीहरू तिम्रो विरूद्ध हुनेछन् अनि तिमीलाई चोट पुर्याउन चाहन्छन्। तिनीहरू काँडा जस्तै हुनेछन्। तिमीलाई यस्तो लाग्ने छ कि तिमी बिच्छीहरूको बीचमा बसेका छौ। तर तिनीहरूले जे जति भन्नेछन्, त्यसका निम्ति नडराऊ। तिनीहरू विद्रोहीहरू हुन्।
मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै र्नकमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ।
विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्।