Home Bibles 2 कोरिन्थी 8:23 · नेपाली बाइबल
2 कोरिन्थी 8:23 · नेपाली बाइबल

अब तितसको बारेमा-उनी मेरा सहकर्मी हुन्। तिमीहरूलाई सहायता गर्न उनी मसँगै काम गर्दैछन्। अनि अरू भाइहरूको बारेमा तिनीहरू मण्डलीहरूबाट पठाइएका हुन् र तिनीहरूले पनि ख्रीष्टमा महिमा ल्याउँछन्।

Cross references

लूका 5:7

तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।

लूका 5:10

जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसंगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”

2 कोरिन्थी 7:6

तर दुःखमा पर्नेहरूलाई परमेश्वरले सुख दिनुहुन्छ। अनि जब तीतस आए, परमेश्वरले हामीलाई सुख दिनुभयो।

2 कोरिन्थी 8:6

यसैले यो विशेष पूनित कार्य सिद्धयाउन हामीले तितसलाई र तिमीहरूलाई सघाइ माग्यौ। तितस नै एकजना हुन् जसले यो काम शुरू गरे।

2 कोरिन्थी 8:16

म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।

2 कोरिन्थी 8:19

हामीले यस्तो दान लिएर हिडदा यी भाइ हामीसित हिंडन मण्डलीहरूबाट छानिएका थिए। प्रभुमा महिमा ल्याउनु, हामी साँच्चै सघाउन चाहन्छौं भन्ने देखाउन हामी यो सेवा गर्दैछौं।

2 कोरिन्थी 12:18

मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाउन। उनले उठाए? अहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं

फिलिप्पी 2:25

इपाफ्रोडाइटस ख्रीष्टमा हुने मेरा भाइ हुन्। ख्रीष्टको दलमा उनी पनि मसित काम र सेवा गर्छन्। जब मलाई सहायताको खाँचो परेको थियो, तिमीहरूले उसलाई मकहाँ पठाइदियौ। अब उसलाई तिमीहरू भएकोमा नै पठाइदिनु पर्छ भन्ने विचार गर्दैछु।

फिलिप्पी 4:3

मेरा साथीहरू, जब तिमीहरूले मसित विश्वासी भएर सेवा गर्यौ मैले तिमीहरूलाई यी दुई स्त्रीहरू जसले मसँग सुसमाचार प्रचार गर्न संर्घष गरे, तिनीहरूलाई सहायता गर भन्छु। मसित खट्ने क्लेमेण्ट र अरूहरूसितै यिनीहरू पनि खटेकाछन्। जीवनको पुस्तकमातिमीहरूको नाउँपनि राखिएकोछ।

कलस्सी 1:7

परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।

1 थिस्सलोनिकी 2:2

हामी त्यहाँ आउनु भन्दा अघि फिलिप्पीमा ठूलो दुःख पायौं। त्यहाँका मानिसहरूले हाम्रो विरूद्धमा नराम्रा-नराम्रा कुरा गरे। यी सब तिमीहरू जान्दछौ। अनि जब हामी तिमीहरूकहाँ पुग्यौं, त्यस बेला पनि धेरै जना हाम्रो विरुद्धमै थिए। तर हाम्रो परमेश्वरले हामीलाई निर्भयतासित तिमीहरूलाई यो सुसमाचार दिन सहायता गर्नुभयो।

फिलेमोन 1:17

यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर।

फिलेमोन 1:24

अनि मर्कूस, अरिस्तार्खस्, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।

3 यूहन्ना 1:8

यसर्थ हामीले यस्ता भाइहरुलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरुलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरुले गरेको कार्यमा सहभागी बर्न्छौं।

Interlinear

Choose Theme