Home Bibles 2 कोरिन्थी 12:6 · नेपाली बाइबल
2 कोरिन्थी 12:6 · नेपाली बाइबल

यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व र्गदिनँ। किन? किन कि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्।

Cross references

अय्यूब 24:25

म कसम खान्छु कि ती कुराहरू सत्य हुन। कसले प्रमाण गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”

रोमी 9:1

म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झुटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः

1 कोरिन्थी 3:5

अपोल्लोस ठूलो हो? होइन! के तिमी पावल ठूलो मानिस हो भन्ने सम्झन्छौं? होइन! हामी त केवल परमेश्वरका सेवक मात्र हौं जसले तिमीहरूलाई विश्वास गर्न सघाउँछौ। हामी सबैले परमेश्वरले हामीलाई गर्न खटाउनु भएको हाम्रो भाग गरेकाछौं।

1 कोरिन्थी 3:9

हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।

2 कोरिन्थी 1:18

तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन।

2 कोरिन्थी 5:13

यदि हामी पागल हौं भने, त्यो परमेश्वरकोलागि हो। यदि हाम्रो मन ठीक छ भने, त्यो तिमीहरूको लागि हो।

2 कोरिन्थी 10:8

त्यो साँचो हो, प्रभुले मलाई दिनु भएको अधिकारको कुरो लिएर म मुक्त रूपले गर्व गर्छु। तर उहाँले मलाई यो शक्ति तिमीहरूलाई दरिलो बनाउनलाई दिनु भएको हो, तिमीहरूमा चोट पुरयाउनुलाई होइन। त्यसैले म मेरो गर्व गराईमा लज्जित छैन।

2 कोरिन्थी 11:16

म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै संझन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ।

2 कोरिन्थी 11:31

परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ।

2 कोरिन्थी 12:7

मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म र्गवित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो।

2 कोरिन्थी 12:11

म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्।

Interlinear

Choose Theme