तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन।
Cross references
तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।”नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे स्वीकार गर्नु हुन्न भने, “मेरो निम्ति यति काम गर्नुहवस्।
तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”
यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई संझाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु।
तिमोथी तिमीहरूकहाँ आउन सक्लान्। तिमीहरूसित त्यँहा बस्दा उसलाई केही आराम अनुभव होस्। तिनी पनि मैले गरे जस्तै प्रभुको काममा व्यस्त छन्।
त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्।
मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाउन। उनले उठाए? अहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं