Home Bibles 2 कोरिन्थी 1:2 · नेपाली बाइबल
2 कोरिन्थी 1:2 · नेपाली बाइबल

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

Cross references

2 शमूएल 15:20

क्षणिक समय अघि तिमीहरू म सँग सामेल हुन आएका हौ। अब तिमीहरू मसँग एक ठाउँदेखि अर्को ठाउँ गर्दै घुमिरहनु पर्छ। आफ्ना दाज्यू-भाइहरू लिएर फर्क। दया र विश्वास तिमीहरूलाई देखाउन्।”

1 इतिहास 12:18

अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।

दानियल 4:1

सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेस्सरबाट तिमीहरूको भलो होस्। भनि पठाए।

रोमी 1:7

यो पत्र तिमीहरू सबै रोमवासीहरूलाई हो कि प्रभुले तिमीहरूलाई आफ्ना पवित्र मानिसहरू भनेर बोलाउनु भएको छ। तिमीहरू ती मानिसहरू हौ जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।तिमीहरूलाई हाम्रो पिता परमेश्वरबाट र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।

1 कोरिन्थी 1:3

हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्

गलाती 6:16

यो व्यवस्था पालन गर्ने परमेश्वरका सम्पूर्ण जनहरू अनि परमेश्वरका जम्मै मानिसहरू प्रति शान्ति र करूणा रहोस्।

एफिसी 6:23

तिमहरूलाई पिता परमेश्वर र प्रभु येशू ख्रीष्टले शान्ति र प्रेमको साथै विश्वास दिउन्।

फिलिप्पी 1:2

पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्।पावलको प्रार्थना

कलस्सी 1:2

कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई। तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।

1 थिस्सलोनिकी 1:1

पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।

2 थिस्सलोनिकी 1:2

तिमीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति रहोस्।

फिलेमोन 1:3

हाम्रा परमेश्वर पिता अनि प्रभु येशू ख्रीष्टबाट अनुग्रह अनि शान्ति तिमीहरू साथ रहोस्।

Interlinear

Choose Theme