शबाकी रानीले सुलेमानको ज्ञान अनि तिनले निर्माण गरेका भवन देखिन्।
Cross references
तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबकोमहिना थियो।
सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन।
सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो।
बर्णाबास एक असल मानिस थिए। उ पवित्र-आत्मा र विश्वासले परिपूर्ण थियो। जब उनी त्यहाँ आइपुगे बर्णबासले एन्टिओकका मानिसहरूमा परमेश्वरले अत्यन्त अधिक आशीर्वाद दिनु भएको देखे। यसले उनलाई अत्यन्त खुशी बनायो।