त्यस पछि सुलेमान सोबाको हमातमा गए अनि त्यसलाई कब्जा गरे।
Cross references
यसकारण तिनीहरू सीनको मरूभूमि देखि रहोब द्वारा लेबो हमात तिर चढे अनि त्यस भूमिको जाँज गरे।
होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।
रहोबका छोरा हददेजेर सोआका राजा थिए। यूफ्रेटिस नदी क्षेत्रमा अधिकार जमाउन लाग्दा दाऊदले हददेजेरलाई परास्त गरे।
परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए।
सबै महान कामहरू जो यारोबामले गरे, ‘इस्राएलका राजाहरूको इतिहास’ पुस्तकमा लेखिएको छ। यसमा यारोबामले इस्राएलका लागि दमीशक र हमात जितेर फिर्ता लिएको कथा सामेल छ। यी शहरहरू यहूदाका थिए।
हमातका राजा कहाँ छन्? अर्पादका राजा? रूपवैम शहरका राजा? हेना अनि इव्वाका राजा? तिनीहरू सबै नै खतम भए।
दाऊदले हदर-एजेरको सेनाहरू विरूद्ध पनि युद्ध गरे। हदर-एजेर सोबाका राजा थिए। दाऊद ती सेनाहरूसित हमात शहरसम्म लडे। दाऊदले यसो गरे किनभने हदर-एजेरले आफ्नो राज्य यूफ्रेटिस नदी सम्म फैलाउने चेष्टा गरेका थिए।