Home Bibles ☰ Books 2 इतिहास 6:7 · नेपाली बाइबल
2 इतिहास 6:7 · नेपाली बाइबल

“मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए।

Cross references

2 शमूएल 7:2

राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”

1 राजा 5:3

“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।

1 राजा 8:17

“मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए।

1 इतिहास 17:1

दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”

1 इतिहास 22:7

दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउन चाहन्थें।

1 इतिहास 28:2

राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें।

Interlinear

Choose Theme