Home Bibles 2 इतिहास 35:4 · नेपाली बाइबल
2 इतिहास 35:4 · नेपाली बाइबल

तिमीहरू स्वयंलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।

Cross references

1 इतिहास 9:10

यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह।

1 इतिहास 23:1

दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।

1 इतिहास 23:6

दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।

1 इतिहास 23:23

मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।

1 इतिहास 24:1

हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।

2 इतिहास 8:14

सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।

नहेम्याह 11:10

पूजाहारीहरू मध्येबाटः योयारीबको छोरा, यदायाह, याकिन,

Interlinear

Choose Theme