Home Bibles 2 इतिहास 34:11 · नेपाली बाइबल
2 इतिहास 34:11 · नेपाली बाइबल

तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।

Cross references

2 इतिहास 33:4

मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”

2 इतिहास 33:22

आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनी द्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।

Interlinear

Choose Theme