आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।
Cross references
अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए।
आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे।
त्यसपछि येहूले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई पक्रे जब तिनी सामरिया शहरमा लुक्ने कोशिश गरिरहेका थिए। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याए। तिनीहरूले अहज्याहलाई मारे अनि तिनलाई गाडिदिए। तिनीहरूले भने, “अहज्याह यहोशापातका सन्तान थिए। यहोशापातले सम्पूर्ण हृदयले परमप्रभुको अनुसरण गरे।” अहज्याहको परिवारमा कोही पनि यहूदाका राज्यलाई शासन गर्ने शक्तिशाली थिएन।
जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए।
हे परमेश्वर तपाईंको करार अनुसार, ती झूटोहरू र हत्याराहरूलाई आधा जीवन नबित्दै चिहानमा पठाउनु हुनेछ, मेरो पक्षको करार अनुसार म तपाईंमा भरोसा गर्नेछु।
यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ।