2 इतिहास 31:6 · नेपाली बाइबल
यहूदामा बस्ने इस्राएलीहरू अनि यहूदाका मानिसहरूले पनि आफ्ना गाई बस्तु अनि भेडाका एक-दशौं भाग ल्याए। तिनीहरूले ती चीजहरूको एक-दशौं अंश पनि ल्याए जसलाई विशेष स्थानमा राखिन्थ्यो जो केवल परमप्रभुको निम्ति थियो। यी सबै चीज-बीजहरू तिनीहरूले आफ्ना परमप्रभु परमेश्वरको निम्ति ल्याए। तिनीहरूले ती सबै चीज-बीजहरू थाक पारेर राखे।
Cross references
लेवी 27:30
“सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।
व्यवस्था 14:28
“प्रत्येक तीन वर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश संग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार।
2 इतिहास 11:16
जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।