मानिसहरूले आफ्ना फसल अनि बस्तुहरूको एक अंश पूजाहारी अनि लेवीहरूलाई दिनु पर्ने थियो। यसर्थ हिजकियाहले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूका भाग दिनु भनी आदेश गरे। यस रीतले पूजाहारी अनि लेवीहरूले आफ्ना पुरा समय त्यसो गर्नमा लगाउन सक्ने छन् जो व्यवस्थाले तिनीहरूलाई गर्नु भनेको छ।
Cross references
“सबै बालीका अन्नहरूबाट दशांश परमप्रभुको हो, यसको अर्थ खेतीको अन्न तथा रूखका फलहरूको, दशांश परमप्रभुको हो।
तब परमप्रभुले हारूनलाई भन्नुभयो, “इस्राएलका मानिसहरूले मलाई चढाएको सबै पवित्र उपहारहरूको रक्षा गर्नका निम्ति मैले तिमीलाई नियुक्त गरें। मैले तिमी र तिम्रा छोराहरूलाई इस्राएलका मानिसहले चढाएका पवित्र बलिहरू निरन्तर अंशको रूपमा दिएको छु।
“लेवी मानिसहरूसित कुरा गर अनि भन, इस्राएलका मानिसहरूले तिनीहरूसित भएको प्रत्येक चीजको दशांश मलाई दिनेछन् तर त्यसबाट दशांश उपहार स्वरूप परमप्रभुलाई चढाउनु पर्छ।
अनि उसको परिवारले स्वाभाविक हिसाबले पाइरहेको अंशमाथि थप अंश अरू पूजाहारीहरूको बराबर उसले पनि पाउँछ।
यी मानिसहरूले चीज-बीजहरूको संग्रह तीन वर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो।
तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।
तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।
पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनिपरमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”
“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएरआऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन्जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।
मोशाको नियममा लेखिएको छः “दाँई गर्ने गोरूको मुखमा महला नलगाऊ र त्यसलाई अन्न खानाबाट नरोक।”के परमेश्वर गोरूहरूमा मात्र चासो छ?
जसले परमेश्वरको शिक्षा लिइरहेको छ उसले आफूमा भएको सबै सद्गुणहरू आफ्ना प्रशिक्षकहरूमा बाँढोस्।