तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।
Cross references
लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।
त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन।
परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन।
यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।