आहाजले परमेश्वरको मन्दिरबाट चीज-बीज जम्मा गरे अनि तिनीहरूलाई टुक्रा-टुक्रा पारे। त्यसपछि तिनले परमप्रभुको मन्दिरको ढोका बन्द गरिदिए। तिनले वेदीहरू बनाए अनि तिनीहरूलाई यरूशलेमको हरेक सडकका कुना कुनामा राखे।
Cross references
काँसाका पाटाहरू भएका गोरूगाडिहरू र हात धुने भाँडाहरू पूजाहारीहरूका लागि थिए। राजा आहाजले सबै पाटाहरू तथा भाँडाहरू निकाले। उनले ठूलो खँड्कुला पनि निकाले जसको तल काँसाका गोरूहरू उभिएका थिए। उनले ठूलो खँड्कुलो ढुंङ्गाको आधरमाथि राखे।
बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे।
हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो वर्षको पहिलो महीनामा गरे।
तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।
आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्राने बेंसीमा फ्याँकि दिए।
मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।
तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।
ती मूर्तिहरू आऊन् र तिमीहरूलाई बचाऊन। ती मूर्तिहरू जो तिमीहरू आफैले बनाएका छौ कहाँ छन? कतै आवश्यक परेको समयमा तिमीहरूलाई बचाँउछन कि? यहूदा तिमीसित जति शहरहरू छन् त्यति नै मूर्तिहरू पनि छन्।
तर गिलादमा फेरि पनि पाप छ। अनुपयोगी मूर्तिहरू धेरै छन्। गिलगालमा तिनीहरू गोरूहरू बलिको रूपमा चढाउँछन्। तिनीहरूका धेरै जस्ता वेदीहरू जोतेको खेतमा थुपारेको ढुङ्गाका थुप्राहरू जस्ता छन्।
एक समय जब हामी प्रार्थना स्थलमा गइरहेको बेला यो घटना घट्यो। एउटी नोकर्नी केटीले हामीलाई भेटी। उभित्र एउटा खास आत्मा थियो। त्यस आत्माले उसलाई भविष्यमा के हुन सक्छ भन्ने कुरा बताउने शक्ति दियो। त्यसो गरेर त्यस नोकर्नीले आफ्नो मालिकहरूको निम्ति धेरै पैसा कमाउने गर्थी।
तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”