Home Bibles 2 इतिहास 26:9 · नेपाली बाइबल
2 इतिहास 26:9 · नेपाली बाइबल

उज्जियाहले यरूशलेममा कुनाको फाटकमा र बेंसीको फाटकमा अनि पर्खाल घुमेको स्थानमा किल्लाहरू निर्माण गरे। उज्जियाहले ती किल्लाहरू दृढ बनाए।

Cross references

2 राजा 14:13

बेतशेमेशमा, योआश, इस्राएलका राजाले अहज्याहका नाति र योआशका छोराले, यहूदाका राजा अमस्याहलाई बन्दी बनाए। योआशले 400 हातको यरूशलेमको भित्ता एप्रैमद्वारा देखि कुनाको द्वारसम्म भत्काए।

2 इतिहास 25:23

योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हातलामो अंश भत्काइ दिए।

नहेम्याह 2:13

राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामन्ने भएर घुर्याने-मूल ढोका सामन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ।

नहेम्याह 2:15

यसकारण म बेंसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेंसीको द्वार भित्र पसें अनि त्यही बाटो फर्के।

नहेम्याह 3:13

हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

नहेम्याह 3:19

अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे।

नहेम्याह 3:24

तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।

नहेम्याह 3:32

अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।

यर्मिया 31:38

यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ।

जकरिया 14:10

त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरूभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

Interlinear

Choose Theme