Home Bibles ☰ Books 2 इतिहास 25:26 · नेपाली बाइबल
2 इतिहास 25:26 · नेपाली बाइबल

अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू “यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

Cross references

1 राजा 14:19

राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू ‘इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा’ लेखिएका छन्।

1 राजा 14:29

राजा रहबामले जे कामहरू गरे त्यो सबै ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा’ लिखित छ।

2 राजा 14:15

सबै महान कार्यहरू योआशले गरे जसमा उनले यहूदाका राजा अमस्याहको विरोधमा कसरी युद्ध गरे। ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

1 इतिहास 29:29

राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गाद द्वारा लिखित पुस्तकहरूमा छन्।

2 इतिहास 20:34

यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।

2 इतिहास 26:22

उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए।

2 इतिहास 27:7

योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

2 इतिहास 32:32

हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, “आमोसका छोरो यशैया अगमवक्ताको दर्शन” भनिने पुस्तक अनि “यहूदा अनि इस्राएलका राजाहरूका इतिहास” भनिने पुस्तकमा लेखिएका छन्।

2 इतिहास 35:27

त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ।

2 इतिहास 36:8

अन्य कुराहरू जो यहोयाकीमले गरे, भयानका पाप जो तिनले गरे अनि ती हरेक कुरा जो गरेकोमा तिनी दोषी छन्, यी सबै कुराहरू “इस्राएल अनि यहूदाका राजाहरूका इतिहास” नाउँका पुस्तकमा लेखिएका छन्। यहोयाकीन यहोयाकीमका स्थानमा नयाँ राजा भए। यहोयाकीन यहोयाकीमका छोरा थिए।

Interlinear

Choose Theme