Home Bibles ☰ Books 2 इतिहास 25:24 · नेपाली बाइबल
2 इतिहास 25:24 · नेपाली बाइबल

परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।

Cross references

2 राजा 14:14

तब योआशले परमप्रभुको मन्दिर र राजाको महलको भन्डारबाट सबै सुन चाँदी र सबै भाँडा-कुँडाहरू लगे। योआशले मानिसहरूलाई बन्दीको रूपमा पनि लगे। तब योआश समारिया फर्के।

1 इतिहास 26:15

ओबेद-एदोम दक्षिण द्वाराका निम्ति चुनिए अनि ओबेद-एदोमका छोराहरू त्यस मन्दिरको रक्षाका निम्ति चुनिए जहाँ मूल्यवान चीज-बीजहरू राखिएका थिए।

2 इतिहास 12:9

शीशकले यरूशलेम माथि चढाईं गरे अनि सम्पत्तिहरू लगे जो परमप्रभुको मन्दिरमा थियो। शीशक मिश्रदेशका राजा थिए। अनि तिनले ती सम्पत्ति पनि लगे जो राजाको भवनमा थियो। शीशकले हरेक चीज लिए अनि ती सम्पत्तिहरू लगेर गए। तिनले ती सुनका ढालहरू पनि लगे जो सुलेमानले बनाएका थिए।

Interlinear

Choose Theme