तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो।
Cross references
एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, “तिमी हामी माथि राजा बन।”
सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे।
जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।