2 इतिहास 24:11 · नेपाली बाइबल
तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन संग्रह गरे।
Cross references
2 राजा 12:10
तब मानिसहरूले रूपियाँ सन्दूकमा हाल्न थाले जब तिनीहरू मन्दिर जाने गर्दथे। जहिले राजाका सचिब अनि महा पूजाहारी सन्दूकमा थुप्रै रूपियाँ देख्थे, तिनी आउँथे अनि सन्दूकबाट रूपियाँ निकाल्थे। तिनीहरू रूपियाँ थैलोमा राख्थे अनि गन्ती गर्दथे।
1 कोरिन्थी 16:2
प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।