एकसाथ भेला भएका सबै मानिसहरूले राजासित परमेश्वरको मन्दिरमा करार बाँधे।यहोयादाले ती मानिसहरूलाई भने, “राजाका छोराले शासन गर्ने छन्। त्यो यही प्रतिज्ञा हो जो परमप्रभुले दाऊदका सन्तानका बारेमा गर्नु भएको थियो।
Cross references
यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।
“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।
तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।”
यदि तैंले परमेश्वरको आज्ञा पालन गरिस्, भने परमेश्वरले मलाई दिनुभएको वचन पूरा गर्नुहुनेछ परमेश्वरले भन्नु भएकोछ, ‘यदि तेरा छोराहरूले मेरो आदेश अनुसार हार्दिक श्रद्धाका नियमहरू पालन गरे भने तब तेरो परिवारबाट एक जना मानिस सदा नै इस्राएलको राजा हुनेछ।”‘
“यदि तिमीले यी सब कामहरू गर्यौ भने मैं तिम्रो परिवारबाट एक जनालाई सँधै इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।
तब यहोयादाले परमप्रभु, राजा र मानिसहरूबीच एउटा करार गरे। यस करारमा भनिएकोछ, राजा र मानिसहरू परमप्रभुका हुन। यहोयादाले राजा र मानिसहरूबीच पनि सम्झौता गराए। यस सम्झौताले भनिएको छ मानिसहरूका लागि राजाले के गर्नुपर्छ। अनि यो भनिएको छ मानिसहरूले राजाको आज्ञाको पालन गर्नुपर्छ अनि अनुसरण गर्नुपर्छ।
बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।
इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।
अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’
तब म तँलाई एक शक्तिशाली राजा बनाउँने छु अनि तेरो राज्य महान बन्नेछ। मैले तेरा पिता सँग गरेको करार त्यही हो। मैले त्यसलाई भने थें, ‘दाऊद, तैंले आफ्नो परिवारमा एक यस्तो व्यक्ति सदैव पाउने छस् जो इस्राएलमा राजा हुनेछ।’
तर परमप्रभुले दाऊदका परिवारलाई नष्ट गर्नु भएन किनभने परमप्रभुले दाऊदसँग करार गर्नु भएको थियो। परमप्रभुले दाऊद अनि तिनका छोरा छोरीहरूका निम्ति एक दीप सर्वदा जलाइ राख्ने वचन दिनु भएको थियो।
तब यहोयादाले सबै मानिसहरू अनि राजासित एक करार बाँधे। तिनीहरू सहमत भए कि तिनीहरू सबै परमप्रभुका मानिस हुनेछन्।
त्यसको वंशलाई म सदाको लागि स्थापना गर्नेछु, र त्यसको सिंहासन आकाशको अस्तित्व रहेसम्म राख्नेछु।
कि त्यसको वंश सदाको निम्ति रहनेछ, र त्यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्थिर रहनेछ।