Home Bibles 2 इतिहास 22:7 · नेपाली बाइबल
2 इतिहास 22:7 · नेपाली बाइबल

परमेश्वरले त्यसबेला अहज्याहको मृत्यु गराउनु भयो जब तिनी योरामलाई भेट्न गए। अहस्याह आइपुगे अनि योरामसित येहूलाई भेट्न गए येहूका पिताको नाउँ निम्शी थियो। परमप्रभुले आहाबका परिवारलाई नष्ट गर्न येहूलाई चुन्नु भयो।

Cross references

व्यवस्था 32:35

तिनीहरूले गरेको नराम्रा कार्यहरूको निम्ति, म नै तिनीहरूलाई दण्ड दिन्छु। तर त्यो दण्ड त्यस समयको निम्ति जोगाई राखेकोछु जब तिनीहरू चिप्लन्छन् र नराम्रो कार्यहरू गर्छन्। तिनीहरूको निम्ति कष्टको समय नजिकै छ। तिनीहरूको दण्ड चाँडै आउनेछ।’

यहोशू 11:20

परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।

न्यायकर्ता 14:4

शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध घटनाहरू केही घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।

1 राजा 12:15

यसकारण राजाले ति कुराहरू गरेनन् जो मानिसहरूले चाहेका थिए। यो सबको पछि परमप्रभुको इच्छा हुनु थियो। परमप्रभुले यो कार्य नाबातका छोरा यारोबामलाई दिएको उनको वचन पूरा गर्नका लागि यस्तो गर्नुभयो! परमप्रभुले उहाँका प्रतिज्ञा यरोबामलाई दिनका निम्ति अगमवक्ता अहियाहलाई प्रयोग गर्नुभयो। अहियाह शीलोका थिए।

1 राजा 12:24

उनीहरूलाई भन, ‘परमप्रभुले भन्नुहुन्छ तिमीहरूले आफ्ना दाज्यू-भाइहरूको विरोध गर्नु हुँदैन। तिमीहरू मध्ये प्रत्येकले घर फर्किनु पर्छ। मैले नै यी घटनाहरू हुने बनाएको हुँ।”‘ यस कराण रहबामको फौजका सैनिकहरूले परमप्रभुको आदेश पालन गरे। तिनीहरू सबै घर फर्किए।

1 राजा 19:16

तब निम्शीका छोरा येहूलाई इस्राएलका राजाको रूपमा अभिषेक गर। त्यसपछि आबेल महोलाको शापातको छोरा एलीशालाई अभिषेक गर। तिनी तिम्रो ठाउँमा अगमवक्ता हुनेछन्।

1 राजा 22:20

परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।

2 राजा 9:1

एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ।

2 राजा 9:21

योरामले भने, “मेरो रथ तयार गर!”यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।

2 राजा 10:11

यस प्रकार येहूले यिज्रेलमा बसोबास गर्ने आहाबको परिवारका सबै मानिसहरूको हत्या गरे। येहूले सबै प्रसिद्ध मानिसहरू, परममित्रहरू तथा पूजाहारीहरूको हत्या गरे। आहाबका आफन्तहरूमध्ये कोही जिउँदो रहेन।

2 इतिहास 10:15

यसरी राजा रहबामले मानिसहरूका कुरा सुनेनन्। किनभने यो कुराहरूको परिवर्तन परमेश्वरबाट आएको थियो। परमेश्वरले यस्तो हुन दिनुभयो। यो यस्तो भयो जसमा कि परमप्रभुले उहाँको वचनलाई सत्य सावित गर्न सकून् जो उहाँले अहियाहद्वारा यारोबामलाई भन्नु भएको थियो। अहियाह शीलोका थिए अनि यारोबाम नबातका छोरा थिए।

भजनसंग्रह 9:16

परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

हितोपदेश 16:9

हृदयमा मानिसले आफ्नो मार्ग ठीक पार्छ तर परमप्रभुले उसको गोडाहरूलाई मार्ग दर्शन गराउनु हुन्छ।

यशैया 46:10

“शुरूमा मैले जो कुराहरू भने ती अन्तमा हुनेछन्। धेरै वर्ष अघि घटनाहरूको बारेमा मैले भनेको थिएँ जो घटित भएका छैनन्। जब म कुनै योजना गर्छु त्यो अवश्य नै हुनेछ। म ती कुराहरू आफ्नो इच्छाले गर्छु।

होशे 14:9

यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। परमप्रभुको बाटो ठीक छ। असल मानिसहरू तिनीहरूद्वारा बाच्छन। पापीहरू तिनीहरूद्वारा मर्छन्।

मलाकी 4:3

त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

Interlinear

Choose Theme