ती मानिसहरूलाई यहूदा देश माथि आक्रमण गरे। तिनीहरूले राजमहलका सबै सम्पत्तिहरू अनि योरामका छोराहरू एवं पत्नीहरू लगे। योरामका कान्छा छोरा मात्र छाडिए। योरामका कान्छा छोराको नाउँ यहोआहजथियो।
Cross references
यरूशलेमका मानिसहरूले अहज्याहलाई योरामको स्थानमा नयाँ राजा चुने। अहज्याह योरामका कान्छा छोरा थिए। योरामको छाउनीमा आक्रमण गर्न आउने अरबी मानिसहरूसित आएका मानिसहरूले योरामका सबै ठूला छोराहरू मारि दिएका थिए। यसर्थ अहज्याहले यहूदामा शासन गर्न थाले।
योराम निको हुनका निम्ति यिज्रेल शहर फर्की गए। तिनी रामोतमा घाइते भए जब तिनी अरामका राजा हजाएल विरूद्ध लडे।तब अहज्याह योरामसित भेट गर्न यिज्रेल गए। अहज्याहका पिताको नाउँ यहूदाका राजा योराम थियो। योरामका पिताको नाउँ आहाब थियो। योराम यिज्रेल शहरमा थिए किनभने तिनी घाइते भएका थिए।
विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।
योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हातलामो अंश भत्काइ दिए।
मैले एकजना मूर्ख मानिसलाई देखें। उसले आफू सबै सुरक्षित मान्थ्यो तर अचानक उसको घर श्रापित भयो।
परमप्रभु भन्नुहुन्छ,”म गाजाका बासिन्दाहरुलाई उनीहरुले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किन? किनभने उनीहरुले सम्पूर्ण देशकोबासिन्दाहरुलाई कैद गरेर दासहरु बनाएर एदोमको हातमा सुम्पि दिए।