Home Bibles ☰ Books 2 इतिहास 18:8 · नेपाली बाइबल
2 इतिहास 18:8 · नेपाली बाइबल

तब राजा आहाबले आफ्ना एक अधिकारीलाई बोलाए र भने, “चाँडो गर, यिम्लाका छोरा मीकायालाई यहाँ ल्याऊ।”

Cross references

1 शमूएल 8:15

तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्

1 राजा 22:9

यसकारण राजाले उसका अधिकारीहरू मध्ये एक जनालाईं इम्लाहका छोरो मीकायाहलाई तत्‌कालै खोज्नु भनी अह्राए।

1 इतिहास 28:1

दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।

2 इतिहास 18:25

तब राजा आहाबले भने, “मीकायालाई लैजाऊ अनि त्यसलाई शहरका प्रशासक आमोन अनि राजाका छोरा योआशकहाँ पठाई देऊ।

यशैया 39:7

बाबेलीहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा अधिकारीहरू हुनेछन्।”

दानियल 1:3

त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने।

दानियल 1:7

अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।

Interlinear

Choose Theme