Home Bibles ☰ Books 2 इतिहास 18:15 · नेपाली बाइबल
2 इतिहास 18:15 · नेपाली बाइबल

राजा आहाबले मीकायालाई भने, “धेरै पल्ट मैले तिमीलाई परमप्रभुको नाउँमा मलाई सत्य मात्र भन भनी प्रतिज्ञा गराएको थिएँ।”

Cross references

1 शमूएल 14:24

त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरूञ्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।

1 राजा 22:16

तर आहाबले उत्तर दिए, “तिमी परमप्रभुको शक्तिले वोलि रहेका छैनौ। तिमी आफ्नै शब्दहरू भनिरहेका छौ। यसकारण मलाई साँचो भन! कति पटक मैले तिमीलाई भन्नु पर्छ र भन, मलाई भन परमप्रभु के भननुहुन्छ!”

मत्ती 26:63

येशूले केही भन्नु भएन।तब प्रधान पूजाहरीले येशूलाई भने, “अहिले जीवित परमेश्वरको नाउँमा शपथ लिएर तपाईंले भन्नुहोस्, जीवित परमेश्वरको नाउँमा हामीलाई सत्य कुरा भन्नु होस् भनी म तपाईंलाई आदेश गर्छु। हामीलाई भन्नुहोस् के तपाईं नै ख्रीष्ट, परमेश्वरको पुत्र हुनुहुन्छ?”

मर्कूस 5:7

येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइजा।”

प्रेरित 19:13

कतिपय यहूदीहरू ठाउँ ठाउँ डुल्दै दुष्ट आत्माहरू मानिसहरूबाट दुष्ट आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे,

Interlinear

Choose Theme